नियम
अर्नेष्ट मनी जम्मा गर्नु पर्ने

(१) बोलकबोलदाताले आफूले ऋणपत्र खरिद गर्न चाहेको रकमको दुई दशमलब पाँच शून्य प्रतिशतले हुन आउने रकम अर्नेष्ट मनीको
रुपमा बैङ्कको बैंकिङ्ग कार्यालयमा जम्मा गरी सोको सक्कल भौचर बोलकबोल फाराम साथ पेश गर्नु पर्नेछ ।
(२) नियम ९ बमोजिम बैङ्कले बोलकबोल अस्वीकार गरेमा बोलकबोलदाताले उपनियम १ बमोजिम अर्नेष्ट मनी बापत जम्मा गरेको रकम बोलकबोलको निर्णय भएको मितिले सात दिनभित्र बोलकबोलदातालाई फिर्ता गर्नु पर्नेछ ।